मानव तस्करीमा दूतावासनै सक्रिय रहेको खुलासा - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

मानव तस्करीमा दूतावासनै सक्रिय रहेको खुलासा



काठमाडौं । ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा नेपालीलाई युएई लिने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको रहस्य खुलेको छ । अन्नपूर्ण पोस्टमा  खबर छ ।

अनुसन्धानका क्रममा सयौं डकुमेन्ट भेटिएको र प्रविविको प्रयोग गरेर भिजिट भिसालाई रोजगार भिसा बनाइएको खुलेको हो ।

दुवईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड सर्भिलिएन्स एलएलसीले युएई ल्याएको २ सय ७१ नेपाली यही विधिबाट लिइएको छ । यस्ता गलत काम गर्नेमाथि दूतावासले काम गर्नुपर्ने भए पनि उल्टै साथ दिएको छ ।

नेपालीको शुरुमा भिजिट भिसा निकाल्ने र त्यसलाई नक्कली रोजगार भिसा बनाइ नेपाली दूतावासबाट प्रमाणित गराउने गरिएको खुलासा भएको छ ।