सिद्धार्थ राजमार्ग को पहिरो ग्रस्त क्षेत्र को बैकल्पिक मार्गको सिलन्यास - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

सिद्धार्थ राजमार्ग को पहिरो ग्रस्त क्षेत्र को बैकल्पिक मार्गको सिलन्यास



नवसुजित भण्डारी/ ७ मङ्सिर , बुटवल

सिद्धार्थ राजमार्गको पहिरो ग्रस्त सिद्धबाबा खण्ड भएर यात्रा गर्ने यात्रुको सास्ती अब कम हुने भएको छ ।
वैकल्पिक मार्गको रुपमा शान्ति मार्गको शिलन्यास भए सँगै सो अासा पलाएको छ ।
सडक डिभीजन कार्यालय बुटवलले आयोजना गरेको एक औपचरिक कार्यक्रम मर्फत येसै छेत्र का सभसद तथा पुर्व अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल ले बेल्बासमा सो सडक खण्ड अन्तर्गत्को बेल्बास देखि नुवाकोट सम्मको बाटो को सिलन्यास गरेका हुन ।

महा लक्ष्मी कन्स्ट्रक्सनले करिव १२ करोड २२ लाख मा २०७५ साउन १३ गते निर्माण सम्पन्न गर्नुपर्ने सो सडक को लम्बाई करिव १० किलोमीटर ५०० मीटर रहने कर्यकरममा जान्कारी दिईएको थियो।