राज्य कोषको दुरुपयोग नहोस भन्दै यसो गर्यो एम.आर.आरले आज बुटवलमा ……(फोटो फिचर)
मनोज ज्ञवाली / हिमाल पोष्ट, बुटवल
समय समयमा विभिन्न पदमा रहेका नेताहरुको उपचारको लागि राज्यकोषबाट करोडौं रकम उपलब्ध गराउदै आएको नेपाल सरकारले हालचालै स्तन क्यान्सरपिडित नेपाली काङ्ग्रेसकि नेत्री सुजाता कोइरालालाई उपचारका लागि ५० लाख उपलब्ध गराउने निर्णय गरे लगत्तै त्यसको विरोध स्वरु १ रुपैया दान गर्ने अभियान सञ्चालन भएको छ ।
आफ्नो आर्थिक स्तरले नेपालमै उपचार सम्भव हुदाहुदै पनि विदेशमा गएर ठूलो धनराशि खर्च गरेर राज्यकोषको दुरुपयोग गरिएको भन्दै एक रुपैया दान गर्ने अभियान सञ्चालन भएको हो ।
विरोध रुवरुप बुटवलमा पनि सामाजिक संजाल फेसबुकमा एकजुट भएका युवाहरुको समूह एमआरआरको आयोजनामा रु।१ दान गर्ने कार्यक्रम सम्पन्न गरेका छ ।
एमआराआरले एक व्याक्तिबाट एक रुपैँया संकलन गर्दै रचनात्मक दवाव अभियान सुरु गरेको हो ।
बुटबलको पुस्पलालपार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा सयौको संख्यामा त्यहाँ आवतजावत गर्ने मानिसहरुले एक एक रुपैयाँ सहयोग गरेका थिए ।उक्त कार्यक्रम प्रती धेरैले समर्थन रहेको र एक रुपैयाँ दान दिने मानिसहरु बढेको कार्यक्रमका संयोजक सोभित खनालले बताउनु भयो ।
यस्तै उहाँले भिआइपिका नाममा राज्यको ढुकुटी लुट्ने काम अत्य हुँनुपर्ने र साथै देशभरबाट यसै गरि दवाव सृजना गर्ने हो भने उपचारका नाममा कसैले पनि देशको ढुकुटी सिध्याउने आँट गर्न नसक्ने कुरामा जोड दिनुभयो ।
यसरी सामाजिक संजालको ग्रुप एमआरआरले संकलन गरेको उक्त रकम मंगलबार जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा बुझाउने कार्यक्रम रहेको छ ।।