'कथा काठमाडौं'लाई सञ्चार मन्त्रालयले दियो झट्का ! - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

‘कथा काठमाडौं’लाई सञ्चार मन्त्रालयले दियो झट्का !



चलचित्र विकास वोर्डले फिल्म ‘कथा काठमाण्डू’ निर्माण गरेको कम्पनी आर.सि.पिक्चर्स प्रालि र आहाना फिल्मस् प्रालिलाई युट्युवमा अश्लील दृश्यसहितको प्रोमो हटाउन पत्राचार गरेपछि निर्माण युनिट तनावमा परेको छ।

कथा काठमाडौँको ट्रेलर तथा प्रचार सामग्रीले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशीघ्र उक्त सिनेमाको ट्रेलर हटाइ सोको लिखित जानकारी समेत वोर्डलाई उपलब्ध गराउनु पर्ने पत्रमा उल्लेख छ। ट्रेलर नहटाएका नियम बमोजिम कारबाही समेत हुने पत्रमा उल्लेख छ।

यस्ता खालको पत्र सिनेमाको नाममा आएपछि सञ्चारकर्मीसमेत रहेकी निर्देशक संगिता श्रेष्ठ रातारात काठमाडौँ आईपुगेकी छन्। सिनेमा प्रचारप्रसारको लागि चितवन पुगेकी श्रेष्ठ चलचित्र विकास बोर्ड र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, सूचना विभागको पत्र आएपछि काठमाडौँ फर्किएकी हुन्।