अनसनरत डा केसिको स्वास्थ्य कमजोर बन्दै - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

अनसनरत डा केसिको स्वास्थ्य कमजोर बन्दै



काठमाडौं,

नौ दिनदेखि आमरण अनसनमा बसेका चिकित्सक डा. गोविन्द केसीको स्वास्थय अवस्था जटिल बन्न थालेको छ । उनलाई शारीरिक कमजोरी बढ्नुका साथै मांसपेशी र्फकने समस्या भइरहको छ । अघिल्लो  साता देखापरेको मुटुको चाल घटबढ हुने समस्या फेरि दोहोरिएको छ ।

डा केसीको ब्लड प्रेसर र पल्स पनि घट्दै गएकाले उनलाई रोगको संक्रमण हुने खतरा बढ्दै  गएकाले कुनैपनि बेला आकस्मिक उपचारको आवश्यकता पर्नसक्ने उपचारमा संग्लग्न डाक्टरहरुले जनाएका छन् ।

यसैवीच चिकित्सा सेवामा सुधारको माग गर्दै ९ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले भेटवार्ता गरेका छन् ।

अनसनस्थलमा भएको भेटवार्तामा दुईबीच डा. केसीको आन्दोलन र समस्या समाधारका विषयमा छलफल भएको स्रोतले बतायो ।

डा. केसीसमक्ष डा. श्रेष्ठले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै समस्या समाधानका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।