मंसिरमा एपिक नेपाल म्युजिक अवार्ड २०७५ हुँदै - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

मंसिरमा एपिक नेपाल म्युजिक अवार्ड २०७५ हुँदै



काठमाडौं । एपिक नेपाल म्युजिक अवार्ड काठमाडौंमा आगामी मंसिर ८ गते हुने भएको छ । ‘कला र गला संरक्षण’ भन्ने नाराका साथ एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा एपिक नेपाल म्युजिक अवार्ड हुने भएको हो।

अवार्डमा नेपाली लोक दोहोरी, आधुनिक, पप र दशैँ गीतलार्इ समाबेश गर्ने आयोजकले जनाएको छ । २०७५ साल श्रावण अन्तिमसम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने अवार्डको अध्यक्ष अमन श्रेष्ठले जानकारी दिए ।

दशैँ गीतमा भने यो प्राब्धान लागुन हुने श्रेष्ठले जानकारी दिए । अवार्डको फाईनल मङ्सिर ८ गते राजधानीमा सम्पन्न गरिने समेत अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार, ‘ अवार्ड फाईनलको दिन नेपाली गीत सङ्गीत क्षेत्रका वरिष्ठ व्यक्तिलाई नगद सहित लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ।’

ईप्रिमा टेक्नोलोजीले सहकार्य गर्ने कार्यक्रममा सञ्चार क्षेत्रमा क्रियाशील रही कलम चलाउने दुई जना पत्रकारलाई पनि नगद सहित सम्मान गरिने भएको छ ।

साथै एपिक नेपाल म्युजिक अवार्डमा सहभागी हुनको लागि फर्म भर्न पर्ने हुनाले उक्त फर्म एपिक नेपालको कार्यलयमा पाइने प्रशासकीय प्रमुख चिरञ्जीवी ढकालले जानकारी दिए ।