रूपन्देही समाज जापानले टोकियोमा नचायो चेलीबेटी ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

रूपन्देही समाज जापानले टोकियोमा नचायो चेलीबेटी !



महिलाहरूको महान् चाड हरितालिका तीजको मिति नजिकिए सँगै प्रवासमा विभिन्न तिजी कार्यक्रम आयोजना हुन थालेका छन ।

यसै क्रममा रूपन्देही समाज जापानको आयोजनामा कृष्ण-जन्माष्टमीको दिन पारी चेलीबेटीलाई दर खुवाउने तथा तीजको नाचगान कार्यक्रम जापानको टोकियोमा सम्पन्न भएको छ । दुई सय भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा रूपन्देही जिल्ला लगायत देशका विभिन्न स्थानबाट आएका जापानबासी दिदी बहिनी र दाजुभाईको उत्साहजनक सहभागिता रहेको थियो ।


टोकियोको सिनओकुबो स्थित टोक्यो रोधी क्लबमा सम्पन्न उक्त कार्यक्रममा जापानमा नै कार्यरत कलाकारहरू सूर्य खड्का,शान्ता जि सी,प्रेम कुमार बस्नेत तथा चेतन घर्ती मगरले महिला दिदी बहिनीहरूलाई छमछमी नचाएका थिए । आफ्नो व्यस्त समय र निरन्तरको कामको बाबजुद उक्त कार्यक्रममा स्वादिष्ट दर सहित दुःख बेदना बिसाएर छमछमी नाच्न पाउँदा चेलीबेटीहरू अत्यन्त उत्साहित देखिन्थे ।

समाजका कार्यवाहक अध्यक्ष चेतन बस्नेतको सभापतित्व तथा महासचिव उमेश गिरीको संचालनमा सम्पन्न उक्त कार्यक्रमलाई जापानबासी नेपाली व्यवसायी,सुवेच्छुक तथा रूपन्देही घर भइ जापानमा पेशा/व्यवसाय गरेका विभिन्न व्यक्तित्वहरूले आर्थिक लगायतका विभिन्न सहयोग गरेका थिए !

चेलीबेटीको पर्व तीजको अवसर पारी रुपन्देही समाज जापानले प्रत्येक वर्ष यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ ।