बिदेशीएका कांग्रेसीको पार्टी नेतृत्वलाई सुझाव। - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

बिदेशीएका कांग्रेसीको पार्टी नेतृत्वलाई सुझाव।



हरीबाबु राना ठाडा मगर।
म सधैँ भरी काँग्रेस पार्टीको गतिविधिमा चिन्तित भई रहेको हुन्छु म मर्न तयार छु तर मेरो पार्टी काँग्रेस र नेपाली जनताको दुख देखि कहिले पनि टाढा रहन सक्दिन।हुन त म एउटा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा भोट खसाल्ने भोटर मात्रै हुँ फेरी पनि मलाई सधैँ चिन्ता पार्टीको नै लागि रहन्छ।नेपाली काँग्रेसका तमाम कार्यकर्ताहरू विदेशी भूमिमा आफ्नो दुख गरी जीविका पार्जन गरी रहेका छन् यो हाम्रो बिबशता हो। घर परिवार भन्दा टाढा भए पनि कांग्रेसीहरू आफ्नो पार्टी नेपाली काँग्रेसको गुनगान गाई रहेका हुन्छन् ।
नेपाली काँग्रेसमा आबद्ध रहनु भएका अहिले पार्टी हाक्ने नेताहरूले कहिले हामी जस्तो युवाहरू र नेपाली जनताको हितमा काम गर्ने? की पार्टीलाई युवाहरू र जनताको आवश्यक छैनन्?नेपालमा जति पनि आन्दोलनहरू भए सबै नेपाली काङ्ग्रेसको जिम्मेवारीमा सफल भएको छ तर नेताहरूले यो ख्याल राख्नु होस नेताहरूले आन्दोलन सफल पारेका हौँ भन्ने घमण्ड नराख्नु होस।

आन्दोलन नेपाली जनता तथा ईमान्दार कार्यकर्ताको योग्दानबाट सफल भएको हो।यति राम्रो इतिहास बोकेको पार्टी आन्तरिक कलह र बीपीको समाजवादबाट अलग रहनै खोजेका कारण आज नेपाली काङ्ग्रेस काँहा छ भनी खाेज्नु पर्ने अवस्था आई सकेको छ।नेपाली काँग्रेसका नेताहरूले आफ्नो स्वार्थ र व्यक्तिगत फाइदाका लागि पार्टीको सिद्धान्त विपरीत अनेकौ खाडलहरु बनाउदै आफै फस्ने जाल बुन्दै छन् यस्ता किसिमका बिचारहरूले पार्टीलाई अगाडी बढाउनु भयो भने नत काँग्रेसको नै हित हुन्छ न त कांग्रेसीको नै त्यस कारण बेलैमा पर्दा हटाउने कोसिस गर्नु होस कार्यकर्ताको र जनताको बिचमा गएर बीपी कोइरालाको समाजवादका बारेमा नेपाली जनताहरूलाई प्रशिक्षण दिने माहौल सृजित गर्नु होस यसैमा नेता र कार्यकर्ता सबैको भलाई हुने छ।
जय नेपाल।