वेद विद्या आश्रममा आवासको समस्या - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

वेद विद्या आश्रममा आवासको समस्या



ललित जाग्री / ज्योती पौडेल 
सुुखड ,कैलाली । कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका -१ घोडाघोडी मन्दिर क्षेत्रमा रहेको वेद विद्या आश्रममा विद्यार्थीहरुलाई आवासको समस्या रहेको छ ।

वि.स. २०५७ साल कार्तिक १५ मा स्थापना भएको वेद विद्या आश्रममा गत वर्ष विद्यार्थीहरुको संख्या २९ जना रहेको थियो भने यस बर्ष विद्यार्थीहरुको संख्या बढेर ३५ जना पुगेकाे छ। विद्यार्थीहरुको संख्या बढ्दै गए पछि आवासको समस्याका कारण भर्ना लिन कठिनाई देखिएको छ । वेद विद्या आश्रमका प्रधानाध्यापक शंकर संज्यालका अनुसार प्रदेश न. ७ र प्रदेश न. ६ का विद्यार्थीहरु वेद विद्या आश्रममा अध्ययन गर्न आउने गरेका छन् ।

घोडाघोडीमा रहेको विराट सनातन धर्म संस्कृति संरक्षण प्रतिष्ठान द्धारा संचालित उक्त विद्या आश्रममा पुर्ण नि:शुल्क रुपमा ३५ जना बिद्यार्थीहरु अध्ययनरत रहेको संज्यालले जानकारी दिनुभयो । पूर्विय दर्शन शास्त्रमा आधारित रहि धर्म, संस्कार र संस्कृति लाई उजागर गर्ने र संस्कृत शिक्षा लाई विश्वव्यापी प्रचार प्रसार गर्ने यस वेद विद्या आश्रमको मुख्य उद्देश्य रहेको छ।

वेद विद्या आश्रमका विद्यार्थीहरुको खाना, बसाई, लत्ताकपडा, औषधी उपचार र कापी कलमको सम्पुर्ण खर्च प्रतिष्ठानले बेहोर्न गरेको संज्यालले बताउनु भयो । खानामा मात्र मासिक करिब २० हजार र बार्षिक सम्पुर्ण खर्च करिब २५ लाख सम्म खर्च आउने गरेको भए पनि जिल्ला शिक्षा कार्यालयले बार्षिक १ लाख ८८ हजार मात्र दिने गरेको उहाँले बताउनु भयो।

घोडाघोडी मन्दिरमा हुने विवाह, व्रतबन्ध, पुजापाठ र दान दक्षिणा बाट संकलित रकम बाट वेद विद्या आश्रममा अध्ययनरत बिद्यार्थीहरु र शिक्षकहरुको अन्य खर्च चलाउने गरिएको छ। अहिले विद्या आश्रममा ४ जना शिक्षक र ३५ जना विद्यार्थीहरुका लागि वि.स. २०६२ सालमा निर्माण भएको २ कोठे भवन मात्र भएकोले विद्यार्थी र शिक्षक लाई आवास र अध्ययनमा समस्या परिरहेको वेद विद्या आश्रमका प्रधानाध्यापक संज्यालले जानकारी दिनु भयो ।