'थाहा पाएसी मार्ला बुढोले' चर्चामा ( भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

‘थाहा पाएसी मार्ला बुढोले’ चर्चामा ( भिडियो सहित)



समीर प्रकाश पाण्डे/हिमालपोष्ट

नेपाली नारीहरूको महान् चार्ड नजिकिँदै गर्दा कलाकार हरू आफ्ना तीज गीत बजारमा ल्याई रहेका छन् यसै क्रममा त्रिआत्मा म्युजिक प्रा.लीको प्रस्तुतिमा ज्ञानेन्द्र अविरल क्षेत्री को नयाँ तिज गीत”थाहा पाएसी मार्ला बुढोले ” कमेडी बेसको गीत हालै मात्र सार्वजनिक भएको छ।

पछिल्लो समयमा निकै उत्कृष्ट शब्द सिर्जना गर्नमा माहिर सर्जक तथा मोडल पेसाले इन्डियन आर्मीमा कार्यरत नरेश बोहराको शब्दमा रहेकोदगीतमा प्रदेशमा श्रीमानले कमाउने र स्वदेशमा श्रीमती रमाउने कथा बस्तुलाई जोडिएको छ ।यस्तै गीतमा ” परदेशी भूमि बाटपनि गितसंगितमा नियमित लागिपरेका गायक ,सर्जक प्रेम सापकोटा सोनुले लय सिर्जना गरेका छन् ।

ज्ञानेन्द्र अविरल क्षेत्री र कोपिला रनपालको को सुमधुर स्वरमा तयार भयको सो गीतको म्युजिक भिडियो को निर्देशन ब्यास्थ निर्देशक स्मृति तिमिल्सिना (गुरु आमा)ले गरेकी छिन् भने टीका जैसी र बल्छी धुर्बेको उत्कृष्ट अभिनयमा सुरेश श्रेष्ठले छायाङ्कन र प्रकाश धमलाको सम्पादन रहेको छ ।

भिडियो