अर्जुन पौडेलको “देखिरहन्छु जहिले” को म्युजिक भिडियो सार्वजानिक(भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

अर्जुन पौडेलको “देखिरहन्छु जहिले” को म्युजिक भिडियो सार्वजानिक(भिडियो सहित)



हिमाल पोस्ट / काठमाडौं । नवलपरासीको कावासोतीका उदयमान गायक अर्जुन पौडेलको स्वरमा रहेको “देखिरहन्छु जहिले”को म्युजिक भिडियोे विहिबार युट्युवमा सार्वजानिक भएको छ । बुढासुब्बा डिजिटल म्युजिकले सार्वजनिक गरेको म्युजिक भिडियोमा गायक पौडेलको समेत अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियो विहिबार रातोपुल स्थित रक हाउस रेष्टुरेन्टमा एक कार्यक्रम गरेर सार्वजानिक गरिएको छ । वरिष्ठ संगीतकार हरि लम्साल, चलचित्र निर्माता हस्त लिवाङ, निर्देशक लोकेन साँवा, याक्थुङ हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङबुहाङ, याक्थुङ मुनचइत चोक सयङका महासचिव विक्रम फागो वनेम, निर्देशक सागर केरुङ, म्युजिक भिडियोका निर्देशक दिनेश माङ्मुको उपस्थितिमा सार्वजानिक गरिएको हो ।

अर्जुन मादेन लिम्बूको शब्द संगीत र क्षितिज कुलुङको एरेन्जमा तयार भएको यस गीतमा अर्जुन मादेन लिम्बू र निरंजली लामाले अभिनय गरेका छन् । यस भिडियोमा निर्मल सुब्बा आशिष र सन्तोष आले मगरले पनि अभिनय गरेका छन् ।

ललितपुरस्थीत सिलौती रिसोर्टमा छायांकन गरिएको भिडियोमा संगीता चन्दको श्रृङ्गार, मेघराज मगरातीको छायांकन र दिनेश माङ्मुको निर्देशन रहेको छ ।

रोमान्टिक गीत रहेको बताउँदै गायक अर्जुन पौडेलले आगन्तुक सम्पूर्णमा स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए । भिडियोका निर्देशक दिनेश माङ्मुले अपर्झट काम गर्न परेको तर राम्रो काम गर्न पुगेकोमा गौरवान्वित भएको बताएका थिए ।

संगीत गुरु भविन राईले पनि शुभकामना मन्तव्य दिएको कार्यक्रममा प्रमुख अतिथि हरि लम्सालले अर्जुन पौडेललाई झट्ट देख्दा गायकजस्तो नलाग्ने तर यो गीत सुन्दा र भिडियो हेर्दा आफूलाई गायक अर्जुन छुपारुस्तम लागेको बताए ।

नयाँ अनलाइन टिभीकी सञ्चालिका मिरान लिम्बूले सञ्चालन गरेको कार्यक्रममा सबै कलाकार, प्राविधिकलाई समेत सम्मानका साथ मायाको चिनो प्रदान गरिएको थियो ।

भिडियो हेर्नुहोस :