नरेश जोगी र अन्नु चौधरीको “यि साल के तिज” सार्वजनिक (भिडियो सहित)
ललित जाग्री
कैलाली । नयाँ सोच र नयाँ तरिकाले काम गर्न खोज्ने गायक तथा मोडेल नरेश जोगीले यसपाली फेरि पनि अलि फरक गीत लिएर बजारमा आउनु भएको छ ।
तीज नजिकिदै गर्दा उहाँले सबै लाई चकित पार्दै थारु भाषामा तीज गीत निकाल्नु भएको हो। नरेश जोगी र अन्नु चौधरीको स्वर अनि नरेश जोगी कै शब्द सङ्गितमा रहेको “यी साल के तीज” बोलको गीत बजारमा ल्याउनु भएको छ । यो गीतको सुटिङ्ग काठमान्डौंमा भएको हो ।
यो गीत लाई रामकृष्ण चौलागाईले छायाङ्कन गर्नु भएको छ भने दिपक चौधरी र गोबिन्द श्रेष्ठले निर्देशन गर्नु भएको छ । गीतमा स्वयम् नरेश र जे एम सि चौधरी अनि अनु पराजुलीले अभिनय गर्नु भएको छ । गीतको भिडियो नरेश जोगीको आफ्नै युट्युव च्यानल बाट सार्वजनिक भएको छ । जुन थारु भाषाको एेतिहासिक तीज गीत हो ।
भिडियो हेर्नुहोस :