नेपाल चलचित्र संघको शाखा उत्तर अमेरिकामा गठन - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

नेपाल चलचित्र संघको शाखा उत्तर अमेरिकामा गठन



उत्तर अमेरिकामा पनि नेपाल चलचित्र संघको शाखा गठन गरिएको छ । संघका केन्द्रिय अध्यक्ष रामकेशर बोगटीको उपस्थितमा शाखा गठन गरिएको हो ।

त्यहाँ रहेका चलचित्रकर्मिहरुलाई संगठित गर्ने उद्देष्यले शाखा गठन गरिएको जानकारी दिईएको छ । शाखाको संयोजकमा नवराज श्रेष्ठ चयन भएका छन भने अन्य पदाधिकारीहरुमा सहसंयोजक बिक्रान्त बस्नेत, सचिवमा सरोज केसि, कोषाध्यक्षमा नन्दिता केसि र सदस्यमा क्रमशः नारायण त्रिपाठी, ईश्वर थापा, सारांगा श्रेष्ठ, मुकेश आचार्य, मुकेश ढकाल रहेका छन् ।

शाखा गठनका लागि भएको भेलामा बसुन्धारा भुषाल, कृष्ण मल्ल, शिव श्रेष्ठ, शर्मिला मल्ल, रामकेशर बोगटी, युना उप्रती, शैलेश पोखरेल, मधु कुमार श्रेष्ठ, महादेव त्रिपाठी, सुनिल थापा, असिस्मा नकर्मी लगायतको उपस्थिती रहेको थियो ।

बिदेशमा शाखा खोल्ने प्राबधान पहिले भए पनि हाल आएर अमेरिकामा पहिलो शाखा खोलिएको कलाकार बिक्रान्त बस्नेतले बताए ।