‘छक्का पञ्जा–३’ को पहिलो गीत यस्तो छ ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

‘छक्का पञ्जा–३’ को पहिलो गीत यस्तो छ !



काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । लामो समयदेखि प्रतीक्षा गरिएको पहिलो नम्बरमा भन्ने गीत आज सार्वजनिक गरिएको हो ।

राजेन्द्र थापाको यो गीतमा संगीत भने दीपक शर्माले गरेका छन्  । गीतमा डेविड शंकर र बिन्दु परियारको स्वर छ । कविराज गहतराजले कोरियोग्राफ गरेका छन् । गीतमा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल , केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङसहित निर्देशक दीपाश्री निरौला पनि देखिएकी छिन् ।

दसैंमा रिलिज हुने चलचित्रको प्रचारप्रसारको सुरुआत गर्दै पहिलो गीत सार्वजनिक गरिएको हो । चलचित्रमा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट लगायतको अभिनय छ । चलचित्रकी निर्देशक दीपाश्री हुन् भने यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे छन् ।

हाइलाइटस नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘पहिलो नम्बरमा’ बोलको गीतमा चलचित्रका अधिकांश कलाकार फचिर्ड छन् ।