जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको कार्यसमिति विस्तार - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको कार्यसमिति विस्तार



एडीलेड

जनसम्पर्क समिति साउथ अस्ट्रेलियाले पहिलो बैठक बाट कार्यसमिति विस्तार गरेको छ। समितिका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा प्रेम पाठक, सचिवमा भुवन सापकोटा, सहसचिवमा बिराट घिमिरे र कोषाध्यक्षमा लक्ष्मी सापकोटा चयन गरेको छ भने कार्यासमित सदस्यमा आशिष बराल, देवेन्द्र खरेल, पुरुषोत्तम अधिकारी, बिष्णु पौडेल र मधुकर लामा रहेको अध्यक्ष लम्सालले जानकारी दिए।

लम्सालले गठन प्रक्रियाको बारेमा बताउदै भने ” बिपी स्मृति दिवसका दिन साउथ अस्ट्रेलियामा रहेका डेमोक्रेटिकहरुको भेलाले कमिटि गठन गरेको थियो जहाँ ९ सदस्य समिति गठन गरिएको थियो त्यसैलाई विस्तार गर्दै पहिलो बैठकले कार्यविभाजन गर्दै केहि सदस्यहरु मनोनित गरेको छ। ” बिस्तारित समिति ११ सदस्यीय रहने र अर्को बैठक बाट थप एक सदस्य समेत मनोनित गर्ने प्रक्रियामा रहेको उनले बताए ।

बैठकले सल्लाहकार समिति समेत चयन गरेको र उक्त समितिमा क्रमश: रामबहादुर थापा, प्रविन गुरागाईं, डा. हरेराम अर्याल र महेश गौतम रहेको जानकारी लम्सालले दिए। सल्लाकार समितिमा समेत केहि सदस्यहरु थपिने जानकारी दिदै उनले आगामी भदौ २४ गते परेको स्वर्गीय बिपी कोइरालाको जन्मजयन्ती भव्य कार्यक्रम गरी मनाउने निर्णय भएको बताए  ।