चर्चा बटुल्दै मोडल दिपेन्द्र सन्ज्याल(भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

चर्चा बटुल्दै मोडल दिपेन्द्र सन्ज्याल(भिडियो सहित)



बिशाल पाण्डेय / कैलाली ।

नेपाली नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय  गायक , गायिका तथा मोडलहरु आफ्ना विभिन्न गित तथा भिडियोहरु सार्वजनिक गर्न ब्यस्त भएका छन ।

त्यसै क्रममा कैलालीको लम्कीमा घर भएका दिपेन्द्र सन्ज्याल ले  एक पछि अर्को म्युजिक भिडियोमा अभिनय गरेर चर्चा बटुल्दै आएका छ्न ।

चर्चा कै क्रममा मोडेल सन्ज्याल ले केहि दिन अगाडि  “तिजको माहोल” बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । टेक राज भण्डारीको शब्द र लय रहेको गितमा स्वयं टेक राज भण्डारीको आवाज सुन्न सकिन्छ भने घनश्याम परियारले पनि साथ दिएका छ्न ।

निर्देशक राज पाठकले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा मोडल दिपेन्द्र सन्ज्याल र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ भने म्युजिक भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका हुन । म्युजिक भिडियोलाई म्युजिक नेपाल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस भिडियो :