निर्देशक रणधिर श्रेष्ठद्वारा निर्देशीत भिडियो ‘कान्छी आउन’ सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

निर्देशक रणधिर श्रेष्ठद्वारा निर्देशीत भिडियो ‘कान्छी आउन’ सार्वजनिक(भिडियो सहित)



हिमाल पोस्ट / काठमाडौ ।
पछिल्लो समय चर्चामा रहेका निर्देशक रणधिर श्रेष्ठद्वारा निर्देशीत भिडियो ‘कान्छी आउन’ सोमबार युट्युवमा सार्वजनिक भएको छ । अनुप तिवारी र सुरभि मिश्रको स्वर रहेको गीतलाई संगीत पनि गायक तथा संगीतकार अनुप तिवारीकै रहेको छ । रास प्रोडक्सनको पोस्ट प्रोडक्सनमा निर्माण भएको सुन्दर गीतका लागि ड्रोन क्यामेरा समेतको प्रयोग गरिएको छ । आकाशबाट खिचिएको भिडियोमा निर्देशक तथा ड्रोन अपरेटर समेत रहेका श्रेष्ठले सुन्दर दृश्य भिडियोमा कैद गरेका छन ।

क्यामेराम्यान अच्युत श्रेष्ठले छायांकन गरेको यस भिडियोमा अशोक अर्यान यादव र अम्बिका पुनले अभिनय गरेका छन ।

गीतलाई सोमबार नेपाल टेलिभिजनको एनटिभि प्लस च्यानलबाट बेलुका ५ बजे प्रिमियर गरिएको थियो । प्रिमियर सोमा निर्देशक श्रेष्ठ मोडल यादव लगायतको उपस्थिति थियो ।

बुढासुब्बा म्युजिकले युट्युवमा सार्वजनिक गरेको यस गीतका लागि एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन । स्विमिङ्ग पुल, झलुङे पुल लगायत धेरै सुन्दर स्थानहरुमा खिचिएको भिडियो एकपटक हेर्नै पर्ने बनेको छ ।

गीतलाई युट्युबमा हेर्न यस link मा गएर हेर्न सकिन्छ ।