नेइमारले रोनाल्डोलाई शुभकामना दिए ! - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

नेइमारले रोनाल्डोलाई शुभकामना दिए !



लन्डन : यो सिजन धेरैलाई आश्चर्यमा पार्दै क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्टस पुगेका छन् । उनले युभेन्टससँग १० करोड ५० लाख पाउन्डमा युभेन्टससँग चार वर्षका लागि अनुबन्ध गरेका छन् । उनको अनुबन्धसँगै इटालियन फुटबलमा रोनाल्डोको प्रभाव र उनको भविष्यको विषयमा धेरै अड्कलबाजी चलेका छन् ।

यद्यपी ब्राजिलियन स्ट्राइकर नेमारले भने रोनाल्डोले इटालियन फुटबलमा परिवर्तन ल्याएर छाड्ने विश्वास व्यक्त गरेका छन् । त्यसो त रोनाल्डो आफैंले पनि युभेन्टसमा आफू नयाँ इतिहास कायम गर्न आएको दाबी गरेका छन् । क्लबसँगको सम्झौतापछि आयोजित आफ्नो पहिलो पत्रकार सम्मेलनमा रोनाल्डोले आफू ३३ वर्षकै उमेरमा लय गुमाउने फुटबलर मध्येको नभएको दाबी गरेका थिए ।

रोनाल्डोको त्यही भनाइलाई नेमारले पनि साथ दिएका हुन् । नेमारले इटालियन सिरी ए लिगमा रोनाल्डोको ठूलो प्रभाव रहने दाबी गरेका छन् । ‘मेरो विचारमा रोनाल्डोले इटालियन फुटबलमै परिवर्तन ल्याउनेछन्’, नेमारले भनेका छन्, ‘किनभने रोनाल्डो साँच्चिकै महान् फुटबलर हुन् ।’ रियल म्याड्रिडमा नौ वर्ष बिताएका रोनाल्डोले च्याम्पियन्स लिगको चार तथा स्पेनिस ला लिगा र कोपा डेल रेको दुई/दुई उपाधि जितेका छन् ।

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट समेत घरेलु र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डोले आफ्नो सफलतालाई युभेन्टसमा पनि दोहोर्याउने विश्वास गरिएको छ । त्यसमा नेमारले पनि रोनाल्डोलाई सफलताको शुभकामना दिएका छन् ।

‘यतिधेरै सफलता हात पारेपछि त्यो क्लब छाड्ने निर्णय साँच्चिकै कठिन हुनुपर्छ’, नेमारले भनेका छन्, ‘म उनलाई सफलताका लागि शुभकामना दिन चाहन्छु ।’