मञ्जु पौडेल र सन्तुले निता ढुङ्गानालाई तीजमा छमछमी नचाए ! - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

मञ्जु पौडेल र सन्तुले निता ढुङ्गानालाई तीजमा छमछमी नचाए !



नेपाली नारीहरूको महान् पर्व तिजलाई लक्षित गरी अहिले बजारमा गीत र सङ्गीतको बजार तातेको छ । पछिल्लो समय गीत सङ्गीत क्षेत्रलाई तीज आयोकि भ्याई नभ्याई हुने गर्छ ।

यसैक्रममा चर्चित उद्घोषिका तथा गायिका र मञ्जु पौडेल र गायक सन्तु थापाले निकै मेहनत गरेको तीजको गीत बजारमा सार्वजनिक भएको छ ।

नायिका निता ढुंगाना र दीपेन्द्र घिमिरेको अभिनयले सुनमा सुगन्ध थपेको भिडियो भने प्रकाश भट्टले निर्देशन गरेका छन् । बिएमएस फिल्मसले बजारमा ल्याएको यो गीतले संस्कृति र समाजमा पुरानो तीजको जगेर्ना गर्ने विश्वास निर्माण पक्षले गरेको छ ।

यसै सन्दर्भमा हिमालपोष्टसंगको कुराकानीमा उद्घोषिका तथा गायिका र मञ्जु पौडेलले भनिन हामी जति आधुनिक र परिवर्तन भए पनि आफ्नो संस्कार र संस्कृति बचाएर राख्नुपर्छ त्यसैले नेपाली दिदीबहिनी र मेरा दर्शकको लागी तीजमा छम्म छम्म नाच्नकै लागि छम्म छम्म बोलको गीत लिएर आएकी छु ।

हेर्नुहोस् भिडियो