श्रीमती सँग हैरान भएर उज्वलले भने ‘माइतै गएर बस'(भिडियो सहित)
हिमाल पोस्ट /बुटवल
हरितालिका तीजको अवसर पारेर बजारमा तीज गीत आउने क्रम जारी छ । सोहि क्रममा हास्यकलाकार उज्वल गिरी ‘दानवीर’ले आफ्नो तीज कोशेली ‘माइतै गएर बस ‘बजारमा ल्याएका छन् ।
गोरक्ष म्युजिक प्रा.ली द्धारा बजारमा आएको उक्त गीतमा लय तथा शब्द संयोजन स्वयमको रहेको छ भने भने स्वरमा प्रतीक्षा वाग्लेले साथ दिएकी छन् ।
उक्त गीतमा अभिनय भने अञ्जली अधिकारी र दानवीर आफैले गरेका छन् । निर्देशन गुरुआमा स्मृति तिमिल्सीना,छायाङ्कन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन् ।