वातावरण बनाउंदै सरकार, डा. केसीलाई नयाँ चिन्ता - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

वातावरण बनाउंदै सरकार, डा. केसीलाई नयाँ चिन्ता



जुम्ला – १४ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीका मागबारे छलफल गर्न सरकार तयार देखिएको छ । जुम्लामा अनशनरत केसीको स्वास्थ्य थप कमजोर बन्दै गएपछि सरकार गम्भीर बनेको हो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

केसीको माग सम्बोधन गर्ने सवालमा सरकारी पक्षबाट वार्ताको वातावरण बनाउन शुक्रबार दिनभरजसो प्रयास भएको केसीका सहयोगीहरूले बताए । सरकारी पक्षले गरेको प्रयासबारे डा केसीलाई पनि जानकारी गराइएको छ । सरकार वार्ताका लागि अग्रसर देखिएको केसीपक्षीय डा. अभिषेक सिंहले बताए ।

चिन्ता

सरकारले माग पूरा गर्ने वातावरण तयार गरे डा गोविन्द केसी जुम्लाबाट काठमाडौं आउन तयार देखिएका छन् । तर, काठमाडौं ल्याइसकेपछि झुलाउन सक्ने चिन्ता केसी पक्षलाई छ । सरकार अझै वार्ताका लागि गम्भीर नभएको बुझाइ डा केसीको छ ।