एलिना खनालको तीज गीत ‘मुख चुच्चो पार’ चर्चामा ( भिडियो सहित) - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

एलिना खनालको तीज गीत ‘मुख चुच्चो पार’ चर्चामा ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा सकृय गायक / गायिका र सर्जक हरुलाइ निकै ब्यस्त देखिन्छन् । तीज आउन अझै करिब २ मैना बाकी समय हुँदा हुँदै केहि कलाकार हरुले आफ्नो तिज कोशेली दर्शक श्रोता माझ पस्किसकेका छन् भने धेरै जसो तयारी अवस्थामा छ्न् ।

यसै क्रममा गायिका एलिना खनालले यसबर्षको तीजको कोसेली ‘मुख चुच्चो पार’बोलको गीत सार्बजनिक गरेकी छिन् । गीतमा एलिनाको साथमा गणेश अधिकारीको स्वर छ । गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् ।

गीतको भिडियोपनि सार्वजनिक भइसकेको छ । भिडियोमा मोडल अन्जली अधिकारी , सुजन कोइराला र अर्जुन कुँवरले नृत्य गरेका छन् । भिडियो सुरेश श्रेष्ठले खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन् । सुत्र इन्टरटेन्टमेन्टको युट्युब मार्फत गीत सार्वजनिक भएको छ ।