बसन्त मुरारीद्बारा छात्रवृत्ति वितरण  - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

बसन्त मुरारीद्बारा छात्रवृत्ति वितरण 



पदम ओझा / बौनिया,कैलाली ।

कैलालीको बर्दगोरिया गाउपालिका १ स्थित बसन्त मुरारी मा बि ले छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरि बिद्यालयले छात्रवृत्ति बितरण गरेक हो ।

बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष टंंक कुवरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी गाउपालिका अध्यक्ष बलिराम चौधरी रहनु भएको थियो ।विशिष्ट अतिथी बर्दगोरिया स्रोत ब्यक्ती अमरनाथ झा रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरिले यो छात्रवृत्ति बितरण गरेकोमा बिध्यालय परिवारलाई धन्यबाद व्यक्त गर्नुभयो । साथै चौधरिले बिध्यालयले दिएको सानो रकमले तपाईहरुको हौसाला बढ्ने भएकाले यस्लाई सकारात्मक लिन आग्रह गर्नु भयो । साथै चौधरिले गाउपालिकाको नमुना स्कुल रहेकाले आगामी बर्षमा सहयोग गर्ने बताए ।

कार्यक्रममा स्वागत गर्दै भुमि प्रकाश बमले हरेक बर्ष गर्दै आई रहेको छात्रवृत्ति बितरणले बिध्यार्थिमा पढन सजिलो होस भन्ने बाताबरण बनोस भन्ने उद्देश्य रहेको बताउनु भयो । साथै बमले बिध्यालयले दिएको छात्रवृत्तिको पैशाले मासु भात न खाएर शैक्षिक सामाग्री खरिद गर्न आग्रह गर्नुभयो।

बिशिस्ट अतिथिको आसन बाट बोल्दै अ्मर नाथ झाले यो सानो छात्रबृतीले तपाईहरुको बानिमा परिबर्तन ल्याउने बताउनु भयो । छात्रवृत्ति पाउनका लागि तपाईले असल अभिभावक बन्न आवस्यक रहेको बताए । उहाले असल अभिभावकले सधै स्कुलमा आयर आफ्नो बच्चाको बानी ब्यबहारको बारेमा हेरचाह गर्नु जरुरी रहेको बताए ।
साथै कार्यक्रममा उत्कृष्ट अभिभावक द्वय साहिन हासमि र दल बहादुर बिक लाई नगद सहित प्रमाणपत्र दिएर सम्मान समेत गरेको छ ।

बिध्यालयका सहायक प्र अ राकेश हमालले संचालन गरेको कार्यक्रम मा कोसेली एफ एमका स्टेशन म्यानेजर लिलाजङ शाहीले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थी ,अभिभावकको उपस्थिति रहेको थियो ।