फिल्म ‘बाबु कान्छा’ को अफिसियल ट्रेलर सार्वजनिक - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

फिल्म ‘बाबु कान्छा’ को अफिसियल ट्रेलर सार्वजनिक



अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘बाबु कान्छा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलोन हाबी छन् । प्रेम, रोमान्स र द्वन्द्वलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ ।चार वर्षदेखि एलिसा उर्फ अभिनेत्री करिश्मा श्रेष्ठ बेपत्ता छिन् । यसको आरोप सलोनमाथि थोपरिन्छ । बरिष्ठ कलाकार नीर शाहले एलिसाको बारेमा सोध्दै उनीलाई गालामा थप्पड पनि लगाएका छन् ।

ट्रेलरमा सलोनको कमेडी र एक्सन पाटो पनि देखाइएको छ । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।

उक्त फिल्ममा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीर’ को ‘चन्द्रमा झैँ राम्री छौ’ गीतलाई रिमिक्स गरेका छन् । यो फिल्म असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ । सलोनको बढ्दो क्रेजले यस फिल्मलाई ठूलो फाइदा पुग्ने फिल्मी पण्डितहरुको आँकलन छ । पछिल्लो रिलिज फिल्म ‘ए मेरो हजुर २’ पछि उनको लोकप्रियता थप चुलिएको छ ।