गौरीगंगा कप फुटबल प्रतियोगिता २०७४ को आयव्यय विवरण प्रस्तुत एवं सम्मान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

गौरीगंगा कप फुटबल प्रतियोगिता २०७४ को आयव्यय विवरण प्रस्तुत एवं सम्मान कार्यक्रम सम्पन्न



घनश्याम पौडेल
मसुरीया, कैलाली  । प्रथम सुन्दर सुदूरपश्चिम स्तरीय आमन्त्रित गौरीगंगा कप फुटबल प्रतियोगिता २०७४ को आयव्यय विवरण प्रस्तुत एवं सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

गौरीगंगा स्पोटर्स क्लवले २०७४ चैत्र २६ गते देखि २०७५ बैशाख ४ गते सम्म आयोजनामा भएको फुटबल प्रतियोगितामा १२ लाख ९ हजार ५ सय ६ रुपैयाँ बराबरको आयव्यय विवरण क्लबका अध्यक्ष दिनेश कलेल प्रस्तुत गर्नु भएको हो । आय तर्फ इन्ट्री फिस १ लाख, प्रायोजकबाट ३ लाख ५ हजार २५ रुपैयाँ, सह प्रायोजकबाट ३लाख ६४ हजार ४ सय ८५ रुपैयाँ, ब्यनर प्रायोजकबाट २ लाख ९४ हजार र साना साना प्रायोजकबाट १ लाख ४५ हजार ९ सय ९६ रुपैंयाँ बराबरको सहयोग प्राप्त भएकोमा ११ लाख ८५ हजार ५ सय ६५ रुपैया ब्याय भएर २३ हजार ९ सय ४१ रुपैया बचत भएको अध्यक्ष कलेलले जानकारी दिनु भएको थियो ।

आयव्यय विवरण प्रस्तुत एवं सम्मान कार्यक्रममा प्रमुख अतिथि नगर उद्योग बाणीज्य संघ गौरीगंगाका अध्यक्ष राजेन्द्र देवकोटाले क्लबले प्रतियोगीताको थालनीले नगरको पहिचान दिन सफल भएको भन्दै उद्योगी व्यापारीहरुको साथ सहयोग रहने प्रतिबद्धता जनाउनु थियो ।

खेलकुद महासंघ कैलालीका संयोजक दिपेन्द्र गिरीले ग्रामीण क्षेत्रमा ठुलो प्रतियोगीता संचालन गरेर क्लबले प्रशंसनिय कार्य गरेको भन्दै युवाहरुलाई खेलकुदमा भविष्य सुरक्षीत रहेको सन्देश दिन सफल भएको विचार राख्नु भएको थियो ।

प्रदेश स्तरमा ग्रामीण भुभागमा ठुलो राशीको प्रतियोगीता गरेको क्लवको खेल कार्यक्रम एन्फाको क्यालेण्डमा पर्न सफल भएको र एन्फाको खेल तालिका अनुसार गौरीगंगा स्पोटर्स क्लवल फागुन २२ गतेदेखी फुटवल प्रतियोगीता संचालन गर्ने उल्लेख गदै अध्यक्ष कलेलले प्रथम पुरस्कार ३ लाख ११ हजार रहने जानकारी दिनु भएको छ ।

कार्यक्रममा प्रतियोगीता सफल बनाउन सहयोग पुर्‍याउने पत्रकार, सुरक्षाकर्मी,स्वास्थकर्मी र क्लवहरुलाई सम्मान समेत गरीएको थियो ।