कस्को अंगालोमा बेनिशा (भिडियो) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

कस्को अंगालोमा बेनिशा (भिडियो)



नायिका बेनिशा हमाल गायक लक्ष्मण श्रीको अंगालोमा देखिएकी छिन् । उनी लक्ष्मण श्री को नयाँ एल्बम रचनामा समावेश गीत ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ मा लक्ष्मणसँगै देखिएकी हुन् । गायन क्षेत्रमा पुरानो गायक लक्ष्मण श्री को स्वर मा ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ सार्वजनिक गरिएको छ । गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत छ । गीतकार मिलन नेपाल प्रहरीका पूर्व उपरिक्षक हून् ।

भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालले रोमान्स गरेका छन् । निकट भविष्यमै श्रीले चलचित्र निर्माण गर्ने सोच समेत रहेको बताएका छन् । हाल सार्वजनिक भिडियोमा अर्जुन तिवारीको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् ।