गौरीगंगा नगरपालिकामा घर सर्वेक्षण कार्य सुरु
हिमाल पोस्ट /मसुरीया कैलाली ।
कैलालीको गौरीगंगा नगरपालिकामा घर सर्बेक्षण कार्य सुरु भएको छ । अबको ४ बर्षमा नगरपालिकामा नगर बासीहरुले अनुभुती हुने गरी विकास गर्न सबै बडामा तथ्याङ्क संकलन कर्ता खटाएर सर्बेक्षणको कार्य सुरु गरीएको छ ।
अत्याधुनीक प्रविधिको प्रयोग गरी सुरु गरीएको सर्वेक्षणमा घर नंम्बर राखेर नम्बरीङ समेत गरीएको छ । नगरपालिकाले मोवाईल एप्सको प्रयोग गरी सुरु गरेको सर्वेक्षणमा घर परिवारको संख्या, मोवाईल नंम्बर,खेत बारी,पिउने पानी, तरकारी बालि , घरमा प्रयोग हुने ईन्धन,चुलो बत्तिको स्रोत, सौचालय,घरायसी सरसफाई, फोहोर ब्यवस्थापनको शैली,घरको प्रकार, पारिवारीक आम्दानी र रोजगारीको अबस्था, खाद्यन्न आत्मनिर्भरताको अबस्था, कृषी योग्य जमिन, जमिनको स्वामीत्व, पशु पालन, बैकिंङ कारोवार र क्रण, शैक्षीक स्थीति लगाएत समग्र घर परिवारको आर्थिक,शैक्षिक, सामाजिक अबस्थाको यर्थाथ संकलन हुने छ ।
यसरी संकलन गरीएको तथ्याङ्कबाट नगरपलिकाको निति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने बडा नं ९ का बडा अध्यक्ष हरी प्रसाद तिवारीले बताउनु भएको छ । बडा नं ९ मा बडा अध्यक्ष हरी प्रसाद तिवारीको उपस्थीतिमा बनखेत टोलबाट सरर्वेक्षण सुरु गरीएको छ । कार्यक्रमको सुभारम्भ गरदै अध्यक्ष तिवारीले नगरपालिकालाई देशमै उत्कृष्ठ बनाउन र जनतालाई स्थानीय सरकारले प्रदान गर्ने सेवा सुबिधाको निधारण गर्न सहयोग पुग्ने बताउनु भएको छ ।
घर सर्वेक्षणबाट आएको विबरणबाट बस्ती,टोल,वडा सहित समग्र नगरपालिकाको बस्तविक अबस्था थाहा पाउन सहयोग पुग्ने र सोही अनुसार नगरपालिकाबाट विभिन्न प्रकारका करको सीमा तोक्न सहज हुने भन्दै तिवारीले विकासमा जनताको प्रत्यक्ष सहभागीताको बाताबरण बनाउन प्राप्त तथ्याङ्कबाट सहयोग हुने बिचार राख्नु भएको थियो ।
बडा नं ९ मा ४ जना तथ्याङ्क संकलन कर्ता खटिएका छन् । तथ्याङ्क संकलन कार्यक्रममा बडा सदस्य प्रेम बहादुर ताडि, जनचेतना अधारभुत विद्यालयका अध्यक्ष शोभान सीं धामी, प्रध्यानाध्यापक ममता राय विष्ट, पत्रकार घनश्याम पौडेल लगाएतले मन्तब्य राख्नु भएको थियो ।