बादी समुदायलाई जग्गा दिन नगर सरकाले पहल गर्ने : नगर प्रमुख बजगाई - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

बादी समुदायलाई जग्गा दिन नगर सरकाले पहल गर्ने : नगर प्रमुख बजगाई



रमित पाण्डे / लम्की ,कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालीका ३ मा रहेको बादि समुदायलाई जग्गा दिन नगर सरकाले पहल गरीरहेको लम्कीचुहा नगरपालीकाका नगर प्रमुख माहादेव बजगाईले बताउनु भएको छ ।

आज कैलालीको लम्कीमा भएको एक कार्यक्रममा बोल्दै बजगाईले बादि समुदायलाई जग्गा दिन नगरसभाले निर्णय गरेकाले प्रदेश सरकाले यो मुद्धालाई पास गरेमा केन्द्रलाई पनि कैलाली क्षेत्र नम्बर २ का सांसद झपड रावल मार्फत आग्रह गर्ने, र आउने बर्ष नगरपालीकाले बजेट छुटयाएर बादि समुदायको घर बनाउन सहयोग गर्ने बताउनु भयो । आवाज नगर प्रमुख

जिल्ला वादि अधिकार संघर्ष समिति कैलालीका सदस्य रमा बादिले राजनितिक दलका नेताहरुले बादि समुदायलाई भोट बैंकको रुपमा प्रयोग गरेको आरोप लगाउदै आफुहरुको बस्तीलाई सोहि स्थानमा व्यास्थित गर्न नगर प्रमुख समक्ष माग गर्नु भयो । रमा बादि आवाज

कार्यक्रममा लम्की उद्योग बाणिज्य संघकी उपाध्याक्ष शुसिला शाहिले वादि समुदायलाई जग्गा दिलाउन आफुहरु लागी पर्ने बताउनु भयो । शुसिला शाहि आवाज
उक्त क्षेत्रमा २०६४ सालदेखि बस्दै आएका समुदाएका १६२ घरधुरी रहेका छन् ।