सैफअली खान इन्टरपोलको फन्दामा - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सैफअली खान इन्टरपोलको फन्दामा



एजेन्सी – बलिउड अभिनेता सैफअली खानविरुद्ध इन्टरपोलविरुद्ध सूचना जारी गरेको छ ।

सन २०१३ मा रोमानियामा शिकार गरेको आरोपमा उनी विरुद्ध इन्टरपोलले सूचना जारी गरेको बताइएको छ । यस मामिलामा बुल्गारिया सरकारले सैफअलीलाई १० हजार यूरो जरिवाना तिर्न भनेको थियो ।

इन्टरपोलको उक्त सूचना मुम्बई क्राइम ब्रान्चले अघिल्लोे साता सैफअलीको बान्द्रास्थित घर बुझाइएको थियो ।

इन्टरपोलको सूचनामा सैफअलिसँग १५ वटा प्रश्न सोधिएको छ । जसमा सन २०१३ उनको भ्रमणका बारेमा जानकारी मागिएको छ । सूचना सैफअलीसहित अरु चार जनालाई पनि पठाइएको छ । जो सो भ्रमणमा सैफअली सँग थिए ।

मुम्बई प्रहरी अधिकारीले भने, ‘सैफअली र अन्य चार जनालाई सुचना पठाइएको छ तर अहिलेसम्म त्यसको कुनै जवाफ आएको छैन ।

सन २०१३ मा सैफसहित अन्य चार जनाले एक बुल्गारियन कम्पनीमाफर्त रोमानियाको पहाडमा जंगली भालुको शिकार गरेका थिए ।

स्रोतका अनुसार, ‘सैफअलीले २९ नोभेम्बर २०१३ देखि २ डिसेम्बर २०१३ को बीचमा उक्त शिकार गरेको बताइएको छ । यो शिकार गर्न २४ हजार यूरो तिर्न उनीहरु मञ्जुर थिए । जसमो १४ हजार यूरो नगद दिएका थिए ।

बुल्गारिया छाडेको केही दिनपछि कम्पनीले सैफअलीसँग सम्पर्क गरेको थियो जसमा उनले जर्जी पेटेवको खातामा बाँकी रकम पठाएको बताइएको छ ।

तर यो किन गरियो त्यसबारेमा भने अहिलेसम्म केही बताइएको छैन । त्यसपछि कम्पनीले पेटेवलाई सम्पर्क गरेको तर उनी सम्पर्कमै आएनन् । त्यसपछि कम्पनीले सन २०१४ मा यस विषयमा बुल्गारिया सरकारको सहयोग लिएको थियो ।