कति थियो सलमानको पहिलो कमाई ? - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

कति थियो सलमानको पहिलो कमाई ?



बलिउड अभिनेता सलमान खान भारतकै अरु सेलिब्रिटी मध्यकै धनी सेलिब्रटीमा पर्छन् ।र उतिकै महंगा नायकको रुपमा पनि चिनिन्छन् ।

तपाई हामीलाई पत्यार लाग्न नसक्ने कुरा सलमान खानले पहिलोपटक स्टेजमा पर्फम गर्दा पाएको पारिश्रमिक ७५ भारु थियो । जम्माताज होटलमा आयोजित एक कार्यक्रममा ग्रुपमा नाच्दा उनले यो पारिश्रमिक पाएका थिए । यही नै उनको जीवनको पहिलो कमाई थियो ।

उनी भन्छन, ‘त्यति बेला म किशोरावस्थामा नै थिएँ । एक जना साथीले डान्स गर्दा म ब्याकग्राउन्ड डान्सरको रुपमा थिएँ । डान्सपछि हामी सबैलाई ७५ भारु दिइएको थियो । म निकै खुशी भएँ किनकी यो मेरो पहिलो कमाई थियो ।’

सलमानले खेलेको पहिलो फिल्म चाहिँ ‘मैने प्यार किया’ हो । यो फिल्मबाट उनले ३१ हजार पारिश्रमिक पाएका थिए । तर, फिल्म सुपरहिट भएपछि उनलाई ७५ हजार दिइएको थियो ।