अनुगमन नगरेको भन्दै उप मेयरको कार्यकक्षमा ताला लगाएपछि .. - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

अनुगमन नगरेको भन्दै उप मेयरको कार्यकक्षमा ताला लगाएपछि ..



बिशाल पाण्डेय/सुखड ।

आफूहरुले बारम्बार अनुगमन गर्न अनुरोध गर्दा पनि बेवास्ता गरेको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाको कार्यकक्षमा शुक्रबार तालाबन्दी गरेका छ्न ।

घोडाघोडी नगरपालिका -८ को तिलकनगर जरही शिविर तटबन्धन तथा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भोजबहादुर शाही र सदस्य एकिन्द्र विकले कार्यालयमा तालाबन्दी गरेका हुन ।

आफूले बारम्बार अनुगमन गर्न अनुरोध गरेको तर आफूहरूको अनुरोध बेवास्ता गरेर दुख दिएका कारण तालाबन्दी गरेको उनीहरूले बताएका छ्न ।

त्यस्तै यता उप मेयर प्रेमकुमारी थापाले आफू कामको चापमा भएका कारण जान नपाएको र अब जाने योजना बनाइरहेको अवस्थामा यस्तो घटना भएको भन्दै दुख पोखिन् । साथै उनले आफू कसैलाई काखा र पाखा नगर्ने तथा नितिनियममा रहेर बस्ने भएको कारण पनि यस्तो त्रासपुर्ण आक्रमण भएको बताइन ।

अहिले कार्यालयको ताला प्रहरीको सहयोगमा तोडिएको र तालाबन्दी गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।