असहायका लागी घोडाघोडीमा सहायता केन्द्रको स्थापना  - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

असहायका लागी घोडाघोडीमा सहायता केन्द्रको स्थापना 



हिमाल पोस्ट 

सुखड,कैलाली । असहायलाई सहायता प्रदान गर्ने उदेश्यले कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सहायता केन्द्र स्थापना भएको छ ।

नगर भित्रका युवा एकजुट भएर अनाथ ,असहाय , अपाङ्ग,महिला,बालबालिका तथा वृद्ध वृद्धाहरूलाई सहायता प्रदान गर्ने उदेश्यले सहायता केन्द्रको स्थापना हो । घोडाघोडी सहायता केन्द्र जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको छ ।साथै सहायता केन्द्रलाई समाज कल्याण परिषद् काठमान्डौले आवद्धताको प्रमाण पत्र दिएको छ । घोडाघोडी सहायता केन्द्र जिल्ला प्रशासन कार्यालय कैलालीमा जेष्ठ ०१ गते दर्ता भएको थियो भने समाज कल्याण परिषद् काठमान्डौ जेष्ठ २४ गते आवद्धताको प्रमाण पत्र दिएको छ ।

संस्थाको उदेश्य अनुसारका काम गर्न नगरपालिका भित्र उप समिती र वडा समिती गठन गर्ने तयारीमा रहेको सहायता केन्द्रका अध्यक्ष जिवन विष्टले बताउनु भयो ।केही दिन भित्र उप समिति र घोडाघोडी नगरपालिकाको १२ वटै वडामा वडा समिति गठन गरिने उहाँँले जानकारी दिनु भयो । पहिलो चरणमा घोडाघोडी नगरपालिका भित्रका असहाय,अनाथ,अपाङ्गहरूको तथ्याङ्क सङ्कलन गराउन जनप्रतिनिधीहरु सँग आग्रह गरीएको उहाले बताउनु भयो ।

आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागी नगरपालिका भित्रका असहाय,अनाथ,अपाङ्गहरूको लागी विभिन्न कार्यक्रमहरुको माग गर्न सहायता केन्द्र जनप्रतिनधी भेटघाटमै व्यस्त रहेको सहायता केन्द्रका सचिव जनार्दन उपाध्यायले बताउनु भयो । घोडाघोडी सहायता केन्द्रकी सह सचिव राधा चौधरीले आफु माथि घटेका जस्ता घटना अरु चेलीहरु माथी घट्न नदिने बताउनु भयो । हिंसाका विरुद्ध खुल्लम खुल्ला लड्न नै समाज सेवा अङ्गालेको बताउदै उहाले मंहिला माथि हुने हिंसा रोक्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो ।समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएको बताउँदै उहाँले हिंसा विरुद्ध अभियान सहायता केन्द्रले चलाउने बताउनु भयो । गाउँ घरमा विद्धमान महिला हिंसा,श्रम शोषण ,यौन हिंसाका विरुद्ध सहायता केन्द्र लाग्ने उहाँले बताउनु भयो ।

को को छन् घोडाघोडी सहायता केेेन्द्र सञ्चालक समितीमा :
घोडाघोडी सहायता केन्द्र सँञ्चालनको लागी जीवन विष्टको नेतृत्वमा अध्यक्ष ९ सदस्य सञ्चालक छ । जसको उपाध्यक्षमा डम्मरा कुँवर ,सचिव जनार्दन उपाध्याय,कोषाध्यक्षमा दिपेश बोहरा,सह–सचिवमा राधा चौधरी,सदस्यमा क्रममा सुरेश परियार,राधा वनसन्यासी, प्रसान्त दशौदी,निर्मला पहराई रहनु भएको छ ।

के के छन सहायता केन्द्रका उदेश्य :
संस्थाको उद्देश्य :
क.)अनाथ तथा टुहुरा बालबालिकाको लागि आश्रम खोली ,शिक्षा स्वास्थ्य , संगै उनिहरुको अभिभाकत्व ग्रहण गर्ने ।
ख.)असक्त,अपाङ्गगहरुको जिबनयापन सुधारको लागी सरकारी तथा गैर–सरकारी संघ,संस्थाहरु सँग समन्वय गरी क्षमता अभिवृद्धी सम्बन्धि तालिम विभीन्न व्यबसायिक तालिम, सँगै सहयोग सामाग्री प्रदान गर्ने ।
ग.)जेष्ठ नागरीकलाई आत्मसम्मान पुग्ने खालका कार्यक्रम सञ्चालन सँगै हिसां,उत्पीडन र चेपहामा परेका तथा घरपरिवारबाटै अपहेलीत भएका बृद्घबृद्घालाई उच्च सम्मान सगैं जिबन निर्बाहका लागि आवश्यकता अनुसार व्यवस्थीत बृद्घा आश्रम संचालन गर्ने ।
घ) यौन हिंसा, शोषण, दुव्र्यवहारका घटनाहरु न्यूनिकरण गर्न महिला तथा युवाहरुलाई क्षमता अभिबृद्धिमूलक कार्यक्रम मार्फत सशक्तिकरण गर्ने ।
ङ ) महिला हिंसा,कु–प्रथा,शोषणका विरुद्ध अभियान चलाइने ।
च) कुनै पनि समस्याका कारण मनोसामाजिक समस्यामा परेका बालबालिका, युवा, महिला तथा अपाङ्गहरुलाई सुरक्षित वातावरणको श्रृजना गर्ने ।
छ)उपेक्षित, उत्पिडित समुदाय, सिमान्तकृत समुदाय, लापोन्मुख, गरिब, दलित, जनजाति, बृद्ध, युवा, महिला, बालबालिकाका साथै भिन्न क्षमता भएकाहरुलाई राज्यको मूलधारमा ल्याउने ।
ज.)खेलकुद तथा शिक्षा सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने ।
झ.)विपद जोखीम न्युनिकरण सम्वन्धी कार्यक्रम सञ्चालन गरिने ।