‘माया लुकी लुकी’ लाउँदै टिका प्रसाई ! - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

‘माया लुकी लुकी’ लाउँदै टिका प्रसाई !



चर्चित गायिका टिका प्रसाईको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ ‘सेल्फिको जमाना जस्ता थुप्रै हिट गीतहरु गएकी टिका प्रसाईकोे स्वर रहेको ‘माया लुकी लुकी’ बोलको गीत सार्वजनिक भएको हो ।

आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत संयोजनमा रहेको डान्सिंग नम्बरमा ‘द कार्टून क्रिउ’ ले डान्स गरेको छ । सरोज अधिकारीको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । यसअघि टिका प्रसाई र संजीब पराजुली गाएको ‘नाई मलाई थाहा छैन्’ बोलको गीत २ करोड बढि पटक युट्युबमा हेरिएको छ ।