सशस्त्र प्रहरीको ‘ फोर्स मार्च ’ अाज पुनर्वासमा गस्ती गर्दै - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सशस्त्र प्रहरीको ‘ फोर्स मार्च ’ अाज पुनर्वासमा गस्ती गर्दै



जुद्ध चाैधरी /पुनर्वास,कञ्चनपुर ।

सशस्त्र प्रहरी बलले आज कञ्चनपुरको दक्षिणी भेग पुनर्वासकाे नेपाल–भारतका बिभिन्न सीमा क्षेत्रमा गस्ती सुरू गरेकाे छ। सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको हाे ।

सशस्त्र प्रहरी बल मुख्यालयको नीति,निर्देशन अनुसार बेल्डाँडी गाउँपालिकाकाे ८० नम्बर पिल्लर देखी शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले गस्ती शुरु गरेको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण एवं सीमाको रेखदेखका लागि फोर्च मार्च गस्ती थालिएको बताउनुभयो ।

अाज पुनर्वासकाे अानन्द बजार देखि बिचफाँटा सम्म गस्ती गरिने शसस्त्र प्रहरी टाेलीका कमाण्डर प्रहरी सहायक निरिक्षक कृष्ण बाेहराले बताउनुभयो । यहि जेठ २० गते देखि बेल्डाँडी हुँदै नेपाल–भारत सीमा क्षेत्र गस्ती गर्दै जेठ २७ गते कञ्चनपुरको पूर्वी सिमाना डोकेबजारसम्म पुग्ने छ ।