एम्बुलेन्स खरिदमा भन्सार छुट रोक्दै सरकार - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

एम्बुलेन्स खरिदमा भन्सार छुट रोक्दै सरकार



२४ कात्तिक, काठमाडौं । एम्बुलेन्स आयात गर्दा दिइँदै आएको भन्सार छुट रोक्न सरकारले तयारी गरेको छ ।
गैरस्वास्थ्य संस्थाले व्यावसायिक प्रयोजनका लागि एम्बुलेन्स खरिद गरी दुरुपयोगको उजुरी प्राप्त हुन थालेपछि सरकार यस्तो निर्णयको तयारीमा लागेको हो ।
स्वास्थ्य मन्त्रालयको नीति तथा अन्तर्राष्ट्रिय महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले एम्बुलेन्स आयात गर्दा लाग्ने भन्सार छुट मिनाहाको सिफारिस बन्द गर्न गृहकार्य भइरहेको जानकारी दिए।
मन्त्रालयले स्वास्थ्य संस्थालाई मात्रै एम्बुलेन्स आयातमा भन्सार छुटको सिफारिस दिइने प्रावधानसहित नयाँ निर्देशिकाको तयारी गरेको उनले बताए। नयाँ निर्देशिकाले तोकेको मापदण्ड पुरा गरेपछि मात्रै स्वास्थ्य संस्थालाई पनि भन्सार छुटको सिफारिस दिइने आजको अन्नपूर्णमा समाचार छ ।
पूर्वस्वास्थ्य सचिव डा. प्रवीण मिश्रले दुरुपयोग बढेको भन्दै निर्देशिका संशोधन नगर्दासम्म एम्बुलेन्स आयत गर्दा दिइने भन्सार छुटको सिफारिस रोकेका थिए ।