खुमनलाई मायाको अभाव भएपछी (भिडियो सहित) - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

खुमनलाई मायाको अभाव भएपछी (भिडियो सहित)



काठमाडौँ,  । गायक खुमन अधिकारी र गायिका कोपिला छिनालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मायाको अभाव’ सार्वजनिक भएको छ।

सर्वोकृष्ट सिर्जना आम दर्शक तथा श्रोता माझमा पुयाएर नेपाली सङ्गीतको जर्गेना गर्नेक्रममा यस पटक मायाको अभाव गीतलाई बजारमा ल्याएको र त्यसलाई लोकपारखी श्रोताले निकै माया गर्ने अपेक्षा खुमनले लिएको बताए ।

समर्पित मन पुष्कलको लय रहेको यस गीतमा शब्द भने लोकेन्द्र ओली , तिलक बहादुर ओली र शिव कुँवर समीपको रहेको छ । शिव दर्शन म्युजिक कम्पनी मार्फत बजारमा सार्वजनिक भएको गीतमा मायाको अभावमा भोगिएको पिडालाई व्यक्त गरिएको छ ।

भिडियोलाई सागर गौत्तमले छायाङ्कन , प्रवीण रश्मि मगरले सम्पादन गरेका हुन । भिडियोमा भौतारिएका मायालु जोडीको भूमिकामा सागर थापा र मिना मगरलाई देख्न सकिन्छ । गीतमा व्यक्त भावहरूलाई यर्थाथ रूपमा चित्रण गर्नको लागी काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।