सलमान खानलाई कुट्नेले दुई लाख पुरस्कार पाउने ! - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

सलमान खानलाई कुट्नेले दुई लाख पुरस्कार पाउने !



बलिउड सुपरस्टार सलमान खानको विवादमा परिरहन्छन् । पछिल्लो सयम उनी आफ्ना कारणले नभइ आफ्ना भिनाजुका कारण विवादमा फसेका छन् । सलमानका ज्वाइ आयुश शर्माको आगामी फिल्म ‘लबरात्री’ का कारण विवादमा परेका हुन् ।

विश्व हिन्दू परिषदका पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष प्रवीण तोगडियाको नयाँ संगठन ‘हिन्दू छन् अगाडि’ को आग्रा युनिटका प्रमुख गोविंग पराशरले विहीबार अभिनेता सलमान खानलाई कुट्नेलाई दुई लाख इनाम दिने घोषणा गरेका छन् ।

पराशरले सलमान खानले आफ्नो फिल्मको नाम ‘लवरात्री’ राखेर हिन्दू भावनामा आहत गरेको भन्दै उनीमाथी कुटपिट गर्नेलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

पराशरले यो फिल्मको रिलिजको समय नियोजित रुपमा हिन्दूहरुको पर्व नवरात्रीमा राखिएको आरोप लगाएका छन् ।

सलमान खान आफ्नी बहिनी अर्पिताका पति आयुष शर्माको नयाँ फिल्म लञ्च गरिरहेका छन् । फिल्म सलमान खान प्रोडक्शनको व्यानरमा बनेको यो फिल्म यसको नाम लवरात्रि राखिएको छ ।
सारा विवाद फिल्मलाई लिएर विवाद शुरु भएको छ ।

गोविद पराशरले यस फिल्म बनाएर हिन्दूको भावनामा खेलवाड गरेको आरोप लगाएका छन् ।

विहीवार पराशरले वाँकी कार्यकर्ताका साथ मिलेर भगवान टँकिज बाहिर सलमान खानको फिल्मको पोस्टर जलाएका छन् ।

हिन्दूवादी कार्यकर्ताले सलमान विरुद्धमा नाराबाजीसमेत गरेका थिए । उनीहरुले फिल्मलाई प्रतिवन्ध लगाउन माग गरेका छन् ।