करोड क्लवको केक चाखे सुनकेशरी टिमले - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

करोड क्लवको केक चाखे सुनकेशरी टिमले



फिल्म सुनकेशरी हरर फिल्म हो । फिल्मले तर्साउने भन्दा बढि हसाँउछ भने सबैलाई थाहा भईसकेको छ । अझ बन्नु पर्दा एक असफल हरर फिल्म हो सुनकेशरी । सुनकशेरीसँगै कुनै पनि राम्रा र ठूला नेपाली फिल्म रिलिज भएनन् । हिन्दी फिल्म पनि आएनन् । केही हप्तादेखी हलमा फिल्म थिएनन् । त्यसैकै कारण सुनकेशरीले मल्टिप्लेक्समा राम्रो शो पायो ।

सिंगल थिएटरमा केही हलहरु पाए । केही समय सम्म फिल्म हेर्न नपाएका दर्शकहरु फरक स्वादको फिल्म भन्दै सुनकेशरी हेर्न हल पुगे । फिल्म हेरेका दर्शकहरुले सबैभन्दा झुर फिल्मको संज्ञा दिए कतिले हरर होकी कमेडी भन्दै निस्किए कतिपयले यस्तो नी फिल्म हुन्छ भन्दै आए । बलै रिचा र अर्पणका फ्यानले भित्री कुरा लुकाएर फिल्म राम्रो भएको बताएका छन् ।

शुक्रवार र शनिवार फिल्म हेर्न दर्शक हल पुगेका चाँही हुन् । आईतवार बाट फिल्मको शो पुरै घटाईयो सिंगल थिएटरका हलहरुमा फिल्म नै उत्रिए । चौथौं दिनमा फिल्मका टिमले सबै संचारकर्मीहरुलाई उपस्थित गराई करोड क्लवमा सुनकेशरी प्रवेश भन्दै केक काटे ।

दुई दिन सिमीत हलमा केही मान्छेले फिल्म हेर्दैमा करोड कलवमा प्रवेश गर्ने भए फिल्म छक्का पञ्जा र शत्रुगतेले ५० करोड भन्दा बढिको व्यापार गथ्र्यो होला । सबै पत्रकारहरुको आँखामा छारो हाल्दै करोड क्लवको केक काट्नुको अर्थ के होला ? जब फिल्मले पचास लाख कमाउन सकेको थिएन । एक करोड कमाउन ३ करोड माथीको व्यापार गर्नु पर्छ ।

मल्टिप्लेक्स हल र सिंगल भनिएका राम्रो हलहरुसँग बुझ्दा त्यहि अनुपातमा फिल्मले ४० लाख भन्दा माथी कमाएको देखिदैन । यसरी अनायासै करोड कलवको केक काट्नु विदेशमा भएका दर्शकहरुलाई झुक्याउनु त हैन ? आशंका उब्जेको छ । नेपालमा फिल्म नचलेपछि विदेश लान सजिलो होस् भनेर समाचारको माध्यमबाट देखाउन यस्तो गरेको हुन सक्छ ।

अन्यथा घाटामै बसेर नाफाको केक काट्नुको रहस्य के हुन सक्छ र ? समाचारलाई आधार बनाएर विदेश फिल्म लानकै लागि यस्तै गर्ने फिल्महरुमा सुनकेशरी मात्र हैन धेरै भईसकेको छ । अब यस्ता खालका फिल्महरुलाई विदेशमा रहने दर्शक र फिल्म वितरकहरुले पनि चिन्न सकनुपर्छ । कठै फिल्म सुनकेशरीका निर्माता र निर्देशक । फिल्म राम्रो बनाउनु त कता कता घाटामै बसेर नाफाको केक काट्ने कठिन अभ्यास गरे ।