नासामा शाहरुखको फिल्म सुटिङ - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

नासामा शाहरुखको फिल्म सुटिङ



एजेन्सी– शाहरुख खान यतिबेला फिल्म ‘जिरो’को सुटिङमा व्यस्त छन्। उनी भारतका विभिन्न स्थानमा सुटिङ सकेपछि अमेरिका प्रस्थान गर्ने भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार शाहरुखले फिल्म जिरोलाई अमेरिकामा ४५ दिन सुटिङ गर्नेछन्। उनले फिल्मका लागि केही दृश्य नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) मा पनि खिच्ने भएका छन्। नासामा शाहरुखसँगै अभिनेत्री अनुष्का शर्मा पनी जानेछिन्।

स्राेतका अनुसार नासामा फिल्म ‘जिरो’का केही क्लाइमेक्स दृष्यहरु सुट हुनेछन्।

अमेरिकास्थित नासामा शाहरुखको फिल्म सुटिङ यो पहिलो भने होइन। उनले १४ वर्ष अगाडि ‘स्वेदश’ फिल्मको सुटिङ अमेरिकाका विभिन्न स्थान र नासमा गरिसकेका छन्।

आफ्नो अभिनय यात्रामा पहिलोपटक शाहरुख एक ‘पुड्के’ क्यारेक्टरमा देखिँदै छन्। फिल्मलाई शाहरुखको क्यारेक्टरमा सुहाउँदो बनाउन भिएफएक्स प्रविधिको प्रयोग गरिनेछ। फिल्ममा शाहरुखसँग अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा देखिनेछन्। फिल्म आउँदो डिसेम्बर २१ बाट प्रदर्शनमा आउनेछ।