नेपाल टेलिकमको प्रस्तुतिमा गरुडा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सफल - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

नेपाल टेलिकमको प्रस्तुतिमा गरुडा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सफल



रौतहट । रौतहटको गरुडामा शनिबार साँझ भएको गरुडा सांस्कृतिक कार्यक्रममा भोजपुरी सिनेमाका प्रसिद्ध कलाकारहरुको जमघट भएको छ। साढे दुई सयभन्दा बढी भोजपुरी चलचित्रमा नायिकाको भूमिका निर्वाह गरिसकेकी रानी चटर्जी, आइटम गर्ल सीमा सिंह तथा अन्य कलाकारहरुको जमघट भएको हो।

नेपाल टेलिकम प्रस्तुति र एस.राज प्रोडक्सन्सको आयोजनामा आयोजित कार्यक्रममा चटर्जीले नेपालमा सातवटा भोजपुरी सिनेमाको छायांकन गरेको बताउँदै नेपालमै एक्सन सिनेमा खेल्न सिकेको बताइन्।
उनले नेपालकै एक्सन गुरु रोशनसँग आफुले पहिलो एक्सन गरेको र त्यही प्रेरणाले भोजपुरी सिनेमाकै सुपर एक्सन नायिका बन्न सकेको बताइन्।

भोजपुरी सिनेमाको लागि नेपाल छायाँकन र प्राविधिक कामको दृष्टिले निकै महत्वपूर्ण ठाउँ रहेको बताउँदै चटर्जीले प्रदेश २ मा पनि आफूले फिलिम बनाउने योजना बनाएको बताइन्।

नेपालको काठमाडौं, हेटौँडा, पोखरा, ठोरी लगायत दर्जनौँ ठाउँमा पहिलेदेखिनै आइरहेकोमा पनि नेपालमै आफ्नो पहिलो स्टेज शो गरुडामा हुन गएकोमा खुशी व्यक्त गरिन्।
चटर्जीसँगै आइटम गर्ल संह,गायक तथा संगीतकार सन्तोष राज कलाकार,नेपाली तथा भोजपुरी चलचित्रकी गायिका सेलिना कुँवर, अखिल नेपाल चलचित्र कर्मी संघका अध्यक्ष विजय यादव निर्बिज लगायत कलाकारहरुको सहभागिता रहेको थियो।