एम्बुलेन्स दुर्घटनामा चार जना घाइते
बैतडी । दार्चुलाबाट धनगढी जाँदै गरेकाे एम्बुलेन्स बैतडीमा दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बिरामी रहेका दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ ।
दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नम्बरकाे एम्बुलेन्स अाइतबार बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३ धरमघर नजिकै दुर्घटनामा परेको हो ।
एम्बुलेन्स सडकबाट करीब एक हजार मिटर तल झाडीमा खसेको छ । घाइते सबैको प्रहरीले उद्धार गरेको छ ।घाइतेहरु चारै जनाकोे उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।रासस