जनप्रतिनिधिका १ बर्ष भाषणमै सिमित काम शून्य - Himal Post Himal Post
  • १५ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 31 2024
Logo

जनप्रतिनिधिका १ बर्ष भाषणमै सिमित काम शून्य



ग्रीन सिटि , स्मार्ट सिटि ,आइटी सेन्टर लगायतका कुरा भाषणमै सिमित

प्रकाश मिश्र / कैलाली 
दुई दशक पछि स्थानिय निकाएको निर्बाचन हुदा धेरै जनताले दिगो बिकाश सहितको परिवर्तन हुन्छ भन्ने आशा राखेका थिए तर जनप्रतिनिधि निर्बाचित भएको १ बर्ष पुगिसक्दा पनि जनताले केही पनि फरक अनुभूति पाएनन ,पाए त केवल आश्वासन अनि समृद्धिको सपना ।

चुनाबको बेला घरमा मत माग्दै आएका अहिलेका घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरिले थुप्रै समृद्धिको सपना सुनाएकोले आसा जागेको थियो तर त्यो सबै चकनाचुर भयो भन्नुहुन्छ घोडाघोडी नगरपालिका वडा नम्बर १० का फुलराम चौधरी ।

ग्रीन सिटि , स्मार्ट सिटि ,आइटी सेन्टर लगायतका आधुनिक सपना बाडेका कारण मत हाल्यौ र मनमा सपना पनि बुन्यौ अब केही हुन्छ भन्ने लाग्यो तर उस्तै भयो जति जोगि आएपनी कानै चिरिएका भन्नुहुन्छ घोडाघोडी नगरपालिका वडा नम्बर ४ का हर्क रावत । आफू चुनाबका बेला घरमा भएको र त्यसपछी कामको शिलशिलामा भारत आएर धेरैपछी घर फर्कदा केही परिवर्तनको आसा सहित फर्केको तर फर्कदा केही पनि फरक नपाउदा दुख लागेको उहाको भनाइ छ ।

अरु बिकाशका कुराको त कुरै छोडौ साबिक पहलमानपुर गाबिस हाल वडा नम्बर १० पहलमानपुर बजार भएर तुल्सिपुर हुँदै हिड्ने बाटोमा ग्राबेल समेत नगरिएको दुखेसो गर्नुहुन्छ घोडाघोडी नगरपालिका वडा नम्बर १० का देबेन्द्र पौडेल । उहाँ अगाडि भन्नुहुन्छ ग्राबेल समेत नगरेर घर घरै स्विमिङ पुल बनाइदिएकोमा वडा अध्यक्ष र नगर प्रमुख लाई हार्दिक बधाइ छ अब बर्खामा नुहाउनु पर्ला ।

जनप्रतिनिधी आएपछि केही होला सोचेका थियौ आशा पनि थियो दुई दशकपछि निर्बाचन हुदा खुसी थियौ अब जनप्रतिनिधिले हाम्रो बर्सेनि बाढिको समस्या समाधान गरिदेलान भनेर तर २०७४ मा बाढी गाउमा पस्दा नगर उप प्रमुखले उल्टै खोलाका किनारमा आएर बसेपछी बाढिले सताउछनि भन्दै जवाफ दिनुभयो नराम्रो लाग्यो भन्नुहुन्छ घोडाघोडी नगरपालिका वडा नम्बर १० घुम्निभाकलका शक्ति सापकोटा।

जनतालाइ सबैले ढाट्ने रैछ्न हेर्नुस चुनाबको बेला गाउमा आएर यी कामनलाग्ने हैसियत बिग्रेका सामुदायिक बनलाइ फलफुलको बन बनाउछु ,अब बंगलादेशको जुस याहा खानुपर्दैन यहि उत्पादन गरेको जुश खान पाइन्छ भनेर जनप्रतिनिधिले भनेका थिए तर ती सबै सत्तामा पुग्नका लागिमात्र रैछ सत्तामा पुगेपछी सबै भुल्दा रैछ्न भन्नुहुन्छ हरिराम चौधरी ।

जनताले निकै आस गरेका थिय जनप्रतिनिधि बाट तर ती केवल सपनामा परिणत भए नगरपालिका भित्र २५

सैयाको अस्पताल , सिचाइको लागि उचित ब्यवस्थापन , घरघरमा खानेपानीको ब्यवस्था चुनाबको मुख्य नारा बने त अहिले चुनाब जितेर सत्तामा बसेपछी सबै भुले जनप्रतिनिधिले भन्नुहुन्छ वडा नम्बर ५ का हर्क जाग्री ।
यसरी हेर्दा जनप्रतिनिधि आएपछी पनि बिकाशले खास गति लिन सकेको छैन गाउगाउमा केही ग्राबेल बाटो निर्माण अनि केही नियमित काम बाहेक केही पनि हुन सकेन नगरमा अझ हुदा हुदै आर्थिक बर्ष सकिन १ महिना मात्र बाकी रहदा नगरपालिकाले नगरका २ मुख्य सडक सुखड भजनी रोड्को बजार देखि लिटिल एन्जल चोक सम्म तथा पहलमानपुरको चौराह देखि फिल्महल सम्म सडक कालोपत्रेको टेन्डर जेठ दोश्रो साता लागेपछि खोल्यो । असारमा काम सकेर बिकास गरेजस्तो मात्र गर्न नगरपालिकाले यस्तो काम गरेको बास्तबमा बिकास नचाहेको नगरबासिको भनाइ रहेको छ ।

निर्बाचित भएको एक बर्षमा घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि बेलाबेला विभिन्न कारणले बिबादमा रहे कहिले नगरपालिका संग एउटा गाडी हुदाहुदै महँगो गाडी भाडामा लिएर त कहिले नगरपालिका बाट दोहोरो सेवा सुबिधा लिने गरेका कारण पनि चर्चामा रहे त कहिले बोक्सिको आरोपमा कुटिएकी राधा चौधरिलाइ कुट्ने भोलेबाबा भनिने रामबहादुर चौधरिलाइ छोडन दबाब दिएको भन्दै नगर प्रमुख ममता प्रसाद चौधरी बिबादमा रहे त कहिले आफ्नै दाजुलाइ आकर्षक सेवा सुबिधा सहित घोडाघोडी ताल तथा पर्यटन बोर्डको कार्यकारी उपाध्यक्षमा नियुक्ती गरेर चौधरी चर्चामा रहे भने अर्को गज्जबको कुरा के छ भने कैलाली भ्रमण बर्ष २०७५ चलिरहेका बेला याहा आयोजित कार्यक्रममा भड्किलो पारामा लाखौ खर्च गर्ने अनि फेरि आफ्ना जनप्रतिनिधि र कर्मचारी लाई लगेर भारतको दार्जिलिङ सम्म भ्रमणमा गएर पनि चर्चामा रहे । यता भ्रमण बर्षको आयोजक जिल्ला समन्वय समिती भनिएपनी सबै स्थानिय तहलाइ पनि आयोजकनै भनिरहदा यस्ता गतिबिधिले पनि जनप्रतिनिधी प्रती जनताको बिस्वास घटेर गएको देखिन्छ ।

जे होस आज सम्म जे भएपनी आगामी दिनमा जनप्रतिनिधी जनताप्रती जवाफदेही बनुन ।