लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि  २ दिने गोष्ठी सुखडमा सम्पन्न - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि  २ दिने गोष्ठी सुखडमा सम्पन्न



इश्वर जैसी / सुखड ,कैलाली ।

परिवर्तनका सम्वाहक ग्रामिण नमुना कृषि आदर्श दाम्पती हरुका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि २ दिने गोष्ठी तथा तालिम घोडाघोडि नगरपालिकाको सुखडमा बिहबार सम्पन भएको छ ।

USAID को आर्थिक सहयोग हेलनकेलर इन्टरनेसनल र फाया नेपालको साझेदारीमा संचालित सु-आहारा अन्तर्गत सम्पन्न भएको थियो । ग्रामिण नमुना कृषकहरुको नेतृत्वको भूमिकालाइ सशक्त बनाउन बातावरण निर्माण गर्ने, पुरुषले गरिरहेका कामहरुलाइ अंगिकार गर्दै पैसा नआउने घरायसी स्याहार सम्भारका काममा पुरुषहरूको सहभागिता बढाउने र पैसा नआउने घरायसी स्याहार सम्भार तथा घरायसी कामको मुल्यांकन र आदर गर्ने बानिको बिकाश गर्ने उदेश्यका साथ तालिम संचालन गरिएको हो ।

घोडाघोडी नगरपालिका, भजनी नगरपालिका गोदावरी नगरपालिका, चुरे, जानकी, कैलारी र मोहन्याल गाउपालिका गरि कैलाली ७ स्थानिय तहमा कृषि पेशा गर्दै आउनु भएका उत्कृष्ट १५ दाम्पती जोडी को सहभागी रहेक थियो ।

समाजमा बिधमान लैङ्गकि असमान्तालाइ कार्यक्रम मा सिकेको ज्ञान र सीपले समाज मा रहेको लैङ्गकि असमानतालाइ हटाउन तर्फ आफू लागि पर्ने मोहन्याल गाउपालिकाका सहभागी नरेन्द्र प्रसाद जोशीले बताए ।

यस्तै महिला र पुरुषलाई एउटै ठाउमा राखेर तालिम गराउदा महिलाका हरेक समस्यालाई प्रत्येक्ष रूपमा पुरुषहरुले पनि बुझने मौका पाएकाले उहाहरुले पनि आफुले सिकेको ज्ञान र सिपलाइ समाज मा रहेको लैङ्गकि असमानता लाइ हटाउन तर्फ पनि महत्व पुर्ण भुमिका निर्वाह गरेमा अझै प्रभावकारी हुने चुरे गाउपालिका बाट सहभागी झुपा देवी बोहराले बताएकि थिइन । महिला र पुरुष दुबै समाज परिबर्तन का सम्बाहक भएकाले हरेक काममा दुबैको सहभागिता उतिकै महत्व रहेको भन्दै सिकेको ज्ञान र सिपलाइ समाज मा रहेको लैङ्गकि असमानता लाइ हटाउन आ-आफ्नो क्षेत्र र तह बाट लागे लैङ्गकि समन्ता र सामजिक समावेशीकरण ले पुर्णता पाउने उक्त कार्यक्रमका जिल्ला सयोजक लोकेन्द्र थापाले बताउनु भयो ।

यो समाज महिलालाई पनि पुरुष सरह नै समान व्यवहार गरे, घरायसी हरेक काममा एक ले अर्कालाइ सहयोग गर्दै काम गर्ने बानिको बिकाश गर्न सके अझै राम्रो हुने र कार्यक्रमले पूर्णता पाउने धारणा व्यक्त गरेका हुन् ।

सु-आहाराका कैलाली संयोजक लोकेन्द्र थापा, मातृ शिशु तथा बाल स्वास्थ र कैलाली जे.सि अधिकृत नर बहादुर बि.क,पोषण तथा सामाजिक व्यावहार परिवर्तन सन्चार अधिकृत रक्षा गिरी,कृषि अधिकृत सृष्टि शाहा,सरसफाइ अधिकृत रेखा रोकाया, फिल्ड सयोजक रतन बि.क र फिल्ड सुपरभइजर( फाया नेपाल सु-आहारा ) भवानी प्रसाद जोशी ले कार्यक्रममा सहभागि जोडीहरुलाइ प्रशिक्षण प्रशिक्षण दिनु भएको थियो ।