‘बेबी आइ लभ यू’मा ‘सायद तेरो मेरो’ ! - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

‘बेबी आइ लभ यू’मा ‘सायद तेरो मेरो’ !



यही जेठ १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेबी आइ लभ यू’को दोश्रो गीत रिलिज गरिएको छ। चलचित्रको फिमेल स्याड भर्सनको ‘सायद तेरो मेरो’ बोलको उक्त गीत युट्युव मार्फत रिलिज गरिएको हो।

सार्वजनिक उक्त गीतमा सन्तोष खड्गीको संगीत र प्रियंका शर्माको स्वर समावेश छ भने उक्त गीतको भिडियोमा नायिका पूजा तिवारी फिचरिंग छिन् । जनक पाण्डे निर्देशित फिल्म बेबी आइ लभ यु लाई शिव न्यौपानेले निर्माण गरेका हुन् । फिल्ममा सन्तोष र पूजा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

लभ स्टोरी जनरामा निर्माण गरिएको चलचित्रमा सृजना परियार र दुर्गा पाण्डे सह निर्माताका रुपमा रहेका छन भने चलचित्रमा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी लगायतको अभिनय छ ।