फिल्म ‘जय शम्भु’ पोष्टर सार्वजनिक ! - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

फिल्म ‘जय शम्भु’ पोष्टर सार्वजनिक !



फिल्म ‘जय शम्भु’ को दुई पोष्टर सार्वजनिक भएको छ । भाद्र १ गतेलाई औपचारिक प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले प्रशान्त, अनुप र अभिनेत्री वर्षा सिवाकोटी फिचर पोष्टर सार्वजनिक गरेको हो ।

फिल्मले एक युवतीका लागि दुई पुरुष पात्रबीचको टकरावको कथा बोल्ने पोष्टरबाट अनुमान लगाउन सकिन्छ । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको यो फिल्म एक्सन लभस्टोरी जानरामा निर्माण भएको प्रस्तुतकर्ता दिनेश शाहीले जानकारी दिए ।रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ ।

उक्त फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् । दुई ह्याण्डसम भिलेनको पर्दामा आमने-सामने हुन लागेका कारण यो फिल्म घोषणाको बेलादेखि नै प्रतिक्षीत छ ।