सन्तोष सेन फिल्म बनाउने तयारीमा ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सन्तोष सेन फिल्म बनाउने तयारीमा !



निर्माता सन्तोष सेनले ३ वटा फिल्म बनाए । जसमा, ‘प्रेमगीत र प्रेमगीत २’ हिट भएका थिए । फिल्म क्षेत्रमा आएसँगै विभिन्न खालका विवादमा समेत फस्ने गरेका सन्तोष सेन अब अर्को फिल्म बनाउने तयारीमा लागेका छन् । आमा र छोराको कथामा बन्न लागेको फिल्ममा सन्तोष सेनले आफ्नै छोरालाई मुख्य भूमिकामा खेलाउन लागेका छन् ।

फिल्मको सम्पूर्ण टिम तयार भएपनि अहिले यसलाई गोप्य नै राखिएको छ । सन्तोषका छोरा आयुब ६ बर्षका छन् । उनले फिल्ममा छोराको भूमिका निर्वाहा गर्नेछन् । अहिले आयुब मण्डला थिएटरमा अभिनय पनि सिकिरहेका छन् । सन्तोषले यो फिल्म सकेपछि ‘प्रेमगीत ३’ निर्माण गर्नेछन् । फिल्मको छायांकन अब चाडै सुरु हुनेछ ।