चलचित्र चौका दाउ छायाँकनमा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

चलचित्र चौका दाउ छायाँकनमा



काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चलचित्र चौका दाउ छायाँकन भईरहेको छ । यो चलचित्रको एक साता अघिबाट छायाँकन सुरु भएको हो ।अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा यो चलचित्रका परिकल्पना, कथा र संगीत हुन् ।

यस अघि आठ ओटा चलचित्रमा कथा लेखिसकेका बासकोटाले चौका दाउ आफ्नो कथामा मा निर्माण हुन लागेको नवौं फिल्म हो भने । चलचित्रको छायाँकन तिब्र रुपमा भईरहेको र जेठ महिनाभरी छायाँकन सम्पन्न गर्ने उनले बताए ।

चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरिहेका छन् । चौका दाउका कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, वर्षा राउत, अजस्र ढुँगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय छ ।

सौर्य प्रोडक्सनका प्रस्तुति रहेको यो चलचित्रलाई मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरिरहेका छन् । यो चलचित्रमा अजस्र ढुँगाना र वर्षा राउत जोडी बनेर प्रस्तुत हुँदैछन् । चलचित्र ए मेरो हजुर २ मा सह अभिनेताको रुपमा काम गरेका अजस्रले चौका दाउबाट नायकको रुपमा डेब्यु गर्न लागेका हुन् ।

जसमा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण व्यबस्थापन र नरेन्द्र खड्काका निर्माण सुपरिवेक्षण रहेको छ ।