कार्कीबिरुद्ध अर्को मुद्दा दायर - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

कार्कीबिरुद्ध अर्को मुद्दा दायर



काठमाडौँ, १९  कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको छ ।

म्याद तामेलीमा अवरोध गरेको आरोपमा कार्कीबिरुद्ध आज सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको हो ।

कार्की, कार्कीका ज्वाई प्रवल थापालगायत चार जना र म्याद तामेलीमा अवरोध गर्ने अन्य व्यक्तिलाई कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सो मुद्दा दायर गर्नुभएको हो ।

म्याद तामेलीमा अवरोध गरे मुलुकी ऐनको अदालतको बन्दोबस्तीसम्बन्धी महलअनुसार १५ दिन कैद र एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । रासस