करिश्मा र्‍याम्पमा उत्रने ! - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

करिश्मा र्‍याम्पमा उत्रने !



मान्छेहरुको उचाई, लम्बाई र चौडाई मात्रै सौन्दर्यको मानक होइन भन्ने देखाउनका लागि र पहिरन राम्रो भएर मात्रै हुँदैन, त्यो अनुसारको मेकअप र हेयर डिजाइन गर्दा मात्रै राम्रो देखिन्छ भन्ने दर्शाउनका लागि पनि फेसन ट्रेडको आयोजना गर्न लागेको फेसियल हाउस संचालिका सुष्मा महराले जानकारी दिइन् ।

कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउत लगायतका गायक गायिकाले आफ्नो प्रस्तुति दिनेछन । ‘फेशन ट्रेड सिजन टु’ का लागि सुष्मामा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफी लक्की खड्की, स्मित तामाङ, ड्रेस डिजाइन प्रेम देब, एनि र मेकअप चन्द्र लामा र हेयर डिजाईनमा बिगेन तामाङ रहने छन् ।

‘फेसियल हाउसले यसपटक फेशन शोका लागि मोडल मात्र नभई रोलमोडल पनि छानेको छ’, संचालिका सुष्मा महराले भनिन्, ‘समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्‍याम्पमा उतार्ने प्रयास गर्न खोजेका छौं । त्यसैले यसपल्ट चर्चित कलाकार, गायक-गायिकाहरुका साथै कला क्षेत्रको समाचार पस्किने पत्रकारहरु, समलिङ्गी व्यक्तिहरुलाई र्‍याम्पमा उतार्दैछौं ।’

फेसन ट्रेडमा साप्ताहिकका सम्पादक सुवास ढकाल, शुक्रवारका सम्पादक केपी ढुंगाना, कामनाका सम्पादक विदुर गिरी लगायतका पत्रकारहरुलाई पनि र्‍याम्पमा उतार्न लागिएको छ । पत्रकारहरुलाई यसरी फेशन शोमा उतारिएको सम्भवतः यो पहिलो हुनेछ ।

यस्तै, अभिनेत्री करिश्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्यसँगै मिस नेपाल द्वय उषा खड्गी र सुगरिका केसी, अभिनेता द्वय आमेश भण्डारी, यशराज गराच, ‘मेरी बास्सै’ की कलाकार सुनिता गौतम र्‍याम्पमा उत्रनेछन् ।