अनमोलको ‘क्याप्टेन’ कस्तो होला ? - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

अनमोलको ‘क्याप्टेन’ कस्तो होला ?



अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को यतिबेला पूर्वको दमकमा जोडतोडका साथ छायांकन भइरहेको छ । अहिले दमकमा जारी ‘दमक गोल्डकप फुटबल प्रतियोगिता’ मा फिल्मका केही महत्वपूर्ण दृश्य खिच्ने काम भइरहेको छ । अनमोलले  आफ्नो तौल केही कम गरेका छन् । केही दिनयता दैनिकजसो सामाजिक सञ्जालमा अनमोलको खेलाडी लुक्स सार्वजनिक भइरहँदा निर्माण टिम भने राम्रै तनाबमा देखिएको छ ।

गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ को लुक्स रिभिल हुने डरले झण्डै डेढ वर्ष घरको चारकुनामा सिमित भएका अनमोलले ‘क्याप्टेन’ मा भने आफ्नो खेलाडी लुक्स लुकाइराख्न सकेका छैनन् । भुवन केसीको निर्माण रहेको यस फिल्मको कथा सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा चन्द्र पन्तको द्वन्द्व छ । पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्नेछ ।